Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पनौतीमा सुकुम्बासी व्यवस्थापन अभियान तीव्र, १३७ जनाले दिए निवेदन

  •   ५ महिना अघि | ५ जेष्ठ २०८३, मङ्लबार

पनौती । पनौती नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा जोखिमयुक्त क्षेत्रमा रहेका परिवारको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। रोशी खोलाआसपास तथा अन्य जोखिमयुक्त क्षेत्रमा बस्दै आएका वास्तविक सुकुम्बासीको पहिचान गर्ने उद्देश्यसहित नगरपालिकाले निवेदन संकलन अभियान सञ्चालन गरेको हो।

नगरपालिकाले २०८३ वैशाख २१ गते सूचना जारी गर्दै सबै वडा कार्यालयमार्फत १५ दिनभित्र निवेदन बुझाउन आग्रह गरेको थियो। उक्त सूचनापछि नगरका विभिन्न वडाबाट हालसम्म कुल १३७ जनाको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार प्राप्त निवेदनलाई आधार मानेर वास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क संकलन तथा आगामी व्यवस्थापन योजना तयार गरिनेछ। विशेषगरी रोशी खोला आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने योजना नगरपालिकाले अघि बढाएको बताइएको छ।

वडागत रूपमा प्राप्त निवेदन संख्या

वडा नं. २ : ५३ जना

वडा नं. ४ : ७ जना

वडा नं. ५ : ८ जना

वडा नं. ७ : १५ जना

वडा नं. ८ : ७ जना

वडा नं. ९ : ९ जना

वडा नं. १० : २४ जना

वडा नं. ११ : ८ जना

वडा नं. १२ : ६ जना

सबैभन्दा बढी निवेदन वडा नं. २ बाट प्राप्त भएको छ भने वडा नं. १० दोस्रो स्थानमा रहेको छ।

नगरपालिकाले वास्तविक सुकुम्बासीको पहिचानपछि आवश्यक प्रक्रिया पूरा गरी दीर्घकालीन व्यवस्थापनतर्फ अघि बढ्ने जनाएको छ। स्थानीय तहको यो पहललाई सुकुम्बासी समस्या समाधानका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

  • Jigyasanepal

थप