Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

थप घट्यो काठमाडौँको न्यूनतम तापक्रम, सुरुवातमै ४ डिग्रीतर्फ

उपत्यकामा चिसो बढ्दै, बिहानै जाडोको प्रभाव तीव्र

  •   ९ महिना अघि | २० पुस २०८२, आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो अझ बढेको छ। आइतबार बिहानको सुरुवाती मापनमै न्यूनतम तापक्रम ४ डिग्रीको आसपास झरेपछि उपत्यकावासीले कडा जाडोको महसुस गर्न थालेका छन्।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको हो। यो हालसम्मको सुरुवाती मापन हो।

मौसमविद्का अनुसार आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिने भएकाले त्यस समयमा तापक्रम अझै घट्ने सम्भावना रहेको छ। सामान्यतया सुरुवाती मापनपछि तापक्रम घट्ने क्रम देखिने गर्दछ।

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। तर शनिबारकै सुरुवाती मापनमा भने तापक्रम ५.२ डिग्री सेल्सियस रहेको थियो। यसले आज तापक्रम अझै तल झरेको स्पष्ट देखाउँछ।

तापक्रम निरन्तर घट्दै जाँदा बिहान–बेलुकी चिसोको प्रभाव बढ्दै गएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद् र स्वास्थ्य क्षेत्रका विज्ञहरूले आग्रह गरेका छन्।

  • Jigyasanepal

थप