Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

जीप दुर्घटना: ५ सय मिटर तल खसेर ४ जनाको मृत्यु, ६ गम्भीर घाइते

  •   १ वर्ष अघि | १८ असोज २०८२, शनिबार

असोज १८, २०८२ | विराटनगर

पाँचथरको कुम्मायक गाउँपालिका–३, कात्तिके डाँडामा शनिबार दिउँसो भएको भीषण बोलेरो जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने छ जना गम्भीर घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिसकुमार कर्णका अनुसार दुर्घटनाग्रस्त बोलेरो (नं. मे १ ज ३०५५) ताप्लेजुङबाट धरानतर्फ जाँदै थियो। जीप सडकबाट अनियन्त्रित भई तमोर करिडोरको कात्तिके डाँडाबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ।


दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले तत्काल उद्धारकार्य सुरु गरेका थिए। उद्धार टोलीले ६ जनालाई जीवितै उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


डीएसपी कर्णका अनुसार हालसम्म चार जनाको शव फेला परेको छ, तर मृतकहरूको परिचय खुल्न बाँकी छ। साथै, अन्य यात्रु हराइरहेको हुनसक्ने आशंकामा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।


स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार जीप तीव्र गतिमा मोड काट्ने क्रममा सडकबाट अनियन्त्रित भएर गहिरो खोंचमा खसेको हो। निरन्तर वर्षाका कारण सडक चिप्लो र दृश्यता कमजोर भएकाले दुर्घटनाको जोखिम बढेको बताइन्छ।


यस क्षेत्रका स्थानीय बासिन्दाहरूले तमोर करिडोर सडकखण्डमा बारम्बार दुर्घटना भइरहेका कारण तत्काल सडक मर्मत र सुरक्षात्मक रेलिङ जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


प्रहरीले भने यात्रुहरूको सूचि सङ्कलन, घाइतेहरूको अवस्था अनुगमन र थप उद्धारका लागि अतिरिक्त प्रहरी बल परिचालन गरेको जनाएको छ।


सावधानीको सन्देश:


लगातार वर्षा भइरहेकाले पहाडी सडकमा अनावश्यक यात्रा नगर्न,


आवश्यक पर्दा मात्र अत्यधिक सतर्कतासाथ यात्रा गर्न,


चालकहरूले सडकको अवस्था र मौसमलाई ध्यानमा राख्न प्रहरीको आग्रह

छ।


  • Jigyasanepal

थप