Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

अफगानिस्तानमा भूकम्प त्रासदी : मृत्यु ८ सय नाघ्यो, हजारौं घाइते

  •   १ वर्ष अघि | १६ भदौ २०८२, सोमवार

भदौ १६, काठमाडौं ।

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पले विनाशकारी क्षति पुर्‍याएको छ । पूर्वी कुनर प्रान्त केन्द्रविन्दु भएको ६ म्याग्निच्युडको कम्पनले ८१२ जनाको ज्यान लिएको छ भने करिब २५ सय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ, किनकि धेरै गाउँहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

भूकम्प जमिनको सतहनजिकै गएकाले सामान्य परिमाण भए पनि ठूलो क्षति भएको विज्ञहरूले बताएका छन् । नानगरहार र कुनर प्रान्तमा मात्र सयौं घर भत्किएका छन्, सडक अवरुद्ध भएका छन् र उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन् । उनले भने, “अस्पतालमा अब बेड खाली छैन, घाइतेहरूको उपचार गर्न सक्ने क्षमताभन्दा धेरै बढी चाप परेको छ।”

यसैबीच, रक्षा मन्त्रालयले आपतकालीन राहतका लागि ३० जना चिकित्सक र ८०० किलो औषधि कुनर पठाएको जनाएको छ।

यो भूकम्प पछिल्लो दशकको सबैभन्दा ठूलो मानवीय संकटको रूपमा देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

  • Jigyasanepal

थप