Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

महोत्तरीमा फिरौती रकम माग्ने दुई युवक पक्राउ

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार

महोत्तरी  । महोत्तरी प्रहरीले फिरौती रकम माग गर्ने आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा रामगोपालपुर नगरपालिका–५ का २४ वर्षीय सुनिल कुमार राउत र २४ वर्षीय करण मण्डल रहेका छन्, जो हाल जलेश्वरमा डेरा लिएर बस्दै आएका थिए।


घटनामा संलग्न व्यक्तिहरूले जलेश्वर नगरपालिका–५ का गफुर राईनलाई केही दिनअघि बाटोमा चिठ्ठी दिएका थिए। उक्त चिठ्ठीमा ९२ हजार रुपैयाँ फिरौती माग गरिएको थियो र पैसा नदिए कडा कारबाही गर्ने धम्की दिइएको थियो। 


प्रहरीले उक्त सूचना पाएपछि अनुसन्धान थाल्यो र जलेश्वर नगरपालिका–१ स्थित जलेश्वर मन्दिरबाट उनीहरूलाई पक्राउ गर्यो। पक्राउ परेका युवकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप