Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

महाराजगञ्जमा जेनजी आन्दोलन हिंस्रक : दुई प्रहरीको मृत्यु

  •   १ वर्ष अघि | २५ भदौ २०८२, बुधबार

काठमाडौं । राजधानीको महाराजगञ्जमा जेनजी आन्दोलनको क्रममा भएको आक्रमणमा प्रहरी वृत्तमा कार्यरत दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । मंगलबार भएको प्रदर्शन अचानक हिंस्रक बन्दै जाँदा प्रहरीमाथि सीधा आक्रमण भएको र त्यसकै क्रममा दुई जना प्रहरी ज्यान गुमाउन पुगेका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले घटनाको पुष्टि गर्दै मृतकमध्ये एक जना असई (सहायक निरीक्षक) र अर्का एक जना प्रहरी रहेको जानकारी दिएका छन् ।

घटनाबारे थप विवरण संकलन भइरहेको भन्दै घिमिरेले अन्य ठाउँमा पनि सुरक्षाकर्मीमाथि आक्रमण भएको जानकारी आएको तर अहिलेसम्म बाँकी मृत्यु वा सम्पर्कविहीन प्रहरीबारे यकिन विवरण आउन नसकेको स्पष्ट पारे ।

जेनजी आन्दोलनसँगै राजधानी लगायतका स्थानमा बढ्दै गएको हिंस्रक गतिविधिले सुरक्षा निकायमा गम्भीर चुनौती सिर्जना गरेको देखिएको छ  ।

  • Jigyasanepal

थप