Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दिउँसो कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | ८ असोज २०८२, बुधबार

काठमाडौँ, असोज ८, २०८२ बुधबार।

देशका विभिन्न भागमा आज (बुधबार) दिउँसोदेखि मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले आज बिहान सार्वजनिक गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा, साथै लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना देखिएको छ।

त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने उच्च सम्भावना भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

आज राति देशका पहाडी भेगमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले वर्षासँगै पहिरो, बाढी र सडक अवरुद्ध हुने जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा पहाडी भूभागमा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


  • Jigyasanepal

थप