Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौती ५ नम्बर वडामा एकदिने साइकल मर्मत तालिम सम्पन्न

  •   १ वर्ष अघि | ३ साउन २०८२, शनिबार

पनौती, साउन ३ गते ।

पनौती नगरपालिका वडा नं. ५ को आयोजनामा तथा पनौती बाइक स्टेशनको प्राविधिक सहयोगमा सञ्चालित एकदिने साइकल मर्मत (साईकल रिपेयर) तालिम शनिवार सम्पन्न भएको छ।

कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो।

तालिममा स्थानिय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूलाई साइकल मर्मतसम्बन्धी आधारभूत प्राविधिक ज्ञान, पाङ्ग्रा, ब्रेक, गेयर, चेन मर्मतदेखि नियमित सर्भिसिङसम्बन्धी सीप प्रदान गरिएको थियो।

वडा अध्यक्ष विनोद खत्रीको भनाइमा “आजको युवापुस्ता सिर्फ अध्ययनमै सीमित हुनुहुँदैन, सीप सिकेर आत्मनिर्भर बन्न सक्नुपर्छ। सीपमूलक तालिमहरू अब विकल्प होइन, अनिवार्य जस्तै भएका छन्। हामी वडाबाट अझ धेरै यस्ता कार्यक्रमहरू अगाडि ल्याउँदैछौं जसले हाम्रो युवा पुस्तालाई रोजगारी र आत्मबल दिन्छ।” वडास्तरीय कार्यालयले सीपमूलक तालिममार्फत युवालाई रोजगारमुखी बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।

पनौती बाइक स्टेशनका प्राविधिक प्रशिक्षकहरूको सहकार्यमा संचालन गरिएको यस तालिमलाई सहभागीहरूले अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रम अन्त्यमा प्रमाणपत्र वितरण गर्दै सहभागीहरूलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरिएको थियो।


  • Jigyasanepal

थप