Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

मनाङको हिउँमा हराएका दुई भारतीय पर्यटक मृत फेला, मिलारेपा गुम्बामाथि दु:खद अन्त्य

  •   ११ महिना अघि | २३ कार्तिक २०८२, आइतवार

मनाङ, कात्तिक २३ ।

कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ। करिब दुई सातादेखि हराइरहेका ती पर्यटकहरू ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल हुन्।

सशस्त्र प्रहरीका नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा गएको उद्धार टोलीले आइतबार मिलारेपा गुम्बाभन्दा करिब १०० मिटर माथि दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।

ती दुवै पर्यटक मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। कात्तिक ३ गते उनीहरू सोही गाउँपालिका–५ मा रहेको मिलारेपा गुम्बा दर्शनका लागि हिँडेका थिए। तर त्यसपछि उनीहरूको कुनै पनि सम्पर्क हुन सकेको थिएन।

सम्पर्कविहीन भएपछि होटल व्यवस्थापनले तत्काल सशस्त्र प्रहरी बल अन्तर्गतको नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी र स्थानीयको संयुक्त खोजी टोलीले हिम क्षेत्रमा निरन्तर खोजी सञ्चालन गर्दै आएको थियो।

अन्ततः करिब २० दिनको खोजीपछि दुवैको शव हिउँले पुरिएको अवस्थामा फेला परेको हो। शवलाई हाल प्रदेश अस्पताल मनाङ ल्याइँदै गरिएको छ र सोमबार बिहानै त्रिवि शिक्षण अस्पताल, काठमाडौँ पठाइने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताएका छन्।

मनाङको कठिन भौगोलिक संरचना, अस्थिर मौसम र हिमाली जोखिमका कारण हिउँदको मौसममा पदयात्रा गर्ने पर्यटकहरूलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

यो घटनाले फेरि एकपटक मनाङको हिमाली क्षेत्र पर्यटकका लागि सुन्दर भए पनि जोखिममुक्त छैन भन्ने कठोर सन्देश दिएको छ।

  • Jigyasanepal

थप