Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

च्छोरोल्पा मीडियाको वार्षिकोत्सव: ग्रामिण चेतना र सिर्जनशीलताको उत्सव

  •   १ वर्ष अघि | ३० चैत्र २०८१, शनिबार

काठमाडौं, चैत ३० । "ग्रामिण भूगोल, किसान र भुइँमान्छेका कथालाई केन्द्रमा राख्दै अगाडि बढिरहेको एक सशक्त मिडिया - च्छोरोल्पा डटकम", वरिष्ठ संगीतकार तथा समाजसेवी शोभित उप्रेतीले यस्तै भाव व्यक्त गरे च्छोरोल्पा मिडिया प्रा.लिको वार्षिकोत्सव समारोहमा।


 च्छोरोल्पा मिडिया प्रा.लिले शनिबार काठमाडौंको होटल तपस, बत्तिसपुतलीमा आयोजना गरेको ‘सैलुङ सांस्कृतिक उत्सव २०८१’ एक भव्य र सिर्जनात्मक कार्यक्रमका रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि तथा एसएस फाउन्डेशनका अध्यक्ष शोभित उप्रेतीले च्छोरोल्पा मिडियाको नामलाई ‘पौराणिक र एक सृष्टि केन्द्रित’ को रूपमा टिप्पणी गर्दै यसको गतिविधिलाई ‘ग्रामिण, किसान र भुइमान्छे केन्द्रित’ भएकोमा प्रसंशा गरे।


कार्यक्रममा उप्रेतीले भने, "यस्ता मिडिया नै देशको सक्कली आवाज बन्छन्, किनभने यिनको दृष्टि शहरका चिल्ला सडकमा होइन, गाउँका भेल र बारीमा हुन्छ।"

समारोहमा नेपाली लोकसंगीतका धरोहर, चर्चित गायक बमबहादुर कार्कीलाई विशेष अभिनन्दन गरियो भने, कलाकार महत जीलगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरियो।


कार्यक्रममा साहित्य, संगीत, समाजसेवा, पत्रकारिता र मनोरञ्जन क्षेत्रका विशिष्ट श्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक उत्सवको अवसरमा लोकदोहोरी, नृत्य तथा जीवन्त प्रस्तुतीहरूले माहोल झनै रौशन बनाएको थियो।

सम्मान, सिर्जना र संकल्पको सम्मिलन बनेको यो समारोह च्छोरोल्पा मिडिया डटकमको यात्राको एक ऐतिहासिक मोडका रूपमा चिनिएको छ। 


  • Jigyasa media

थप