Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

गाजामा इजरायली बमबारी: ३५ प्यालेस्टिनीको मृत्यु, कैयौं भग्नावशेषमा पुरिए

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

गाजा, २० कात्तिक – इजरायली हवाई आक्रमणबाट गाजाको उत्तरी बेत लाहिया सहरमा कम्तीमा ३५ प्यालेस्टिनीको ज्यान गएको छ। बमबारीले ध्वस्त भएको घरको भग्नावशेषमुनि अझै कैयौं मानिस फसेको प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ।

हालसम्म इजरायली सेनाले यस घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायली सिमानामा हमला गरेपछि इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध व्यापक आक्रमण सुरु गरेको थियो। यस आक्रमणमा इजरायली नागरिक र सुरक्षाकर्मी गरी झण्डै १,२०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो।

गाजा पट्टीमा जारी आक्रमणका कारण हालसम्म ४३,३९१ प्यालेस्टिनीको ज्यान गएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।


  • Jigyasa media

थप