Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

काभ्रेका ३ स्थानमा लेदोमिश्रित भीषण पहिरो, बीपी राजमार्ग रातिदेखि अवरुद्ध

यात्रुहरू अलपत्र, प्रहरीद्वारा ४ वटा आपतकालीन नम्बर सार्वजनिक

  •   १० महिना अघि | ३१ असार २०८२, मङ्लबार

असार ३१, २०८२ | काठमाडौँ

काभ्रेपलाञ्चोक जिल्लाका तीन स्थानमा एकैसाथ आएको लेदोमिश्रित भीषण पहिरोले बीपी राजमार्ग रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रुहरू अलपत्र परेका छन् भने सवारीसाधन दुबैतर्फ थुनिएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोसी गाउँपालिका–११ स्थित माम्ती खोला, रोसी–९ को पिन्थली, र बिरुवाडाँडा आसपासको सडकखण्डमा पहिरो खस्दा राजमार्ग चलायमान रहन सकेको छैन।

"रातिदेखि नै जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहे पनि अझै बाटो खुल्न सकेको छैन," प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले नेपालखबरसँग भने। उनका अनुसार सडक खुल्न अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ।

📍 कहाँ–कहाँ पहिरो?

माम्ती खोलामा राति १० बजेतिर भीषण भेलले सडक कटान गरेपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भयो।

पिन्थलीमा राति साढे ११ बजेतिर, खहरे खोलाबाट आएको लेदोले सडक पुरिँदा यातायात ठप्प छ।

बिरुवाडाँडामा पनि साढे ११ बजेदेखि, लेदोमिश्रित पहिरोका कारण सवारी साधन अगाडि बढ्न सकेका छैनन्।

तीनवटै स्थानमा इलाका प्रहरी कार्यालय मंगलटार र अन्य स्थानीय प्रहरी टोली खटिइसकेका छन्। जेसीभीका सहायतामा निरन्तर पहिरो पन्छाउने कार्य भइरहेको भए पनि वर्षा नरोकिँदा अवरोध हटाउन कठिन भइरहेको छ।

🚨 अप्ठ्यारोमा परे यी नम्बरमा सम्पर्क गर्नुस्

यात्रुहरूका लागि जिल्ला प्रहरी कार्यालय, काभ्रेले आपतकालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ। कुनै पनि जानकारी वा सहयोगका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:

📱९८५१२८४३७६

९८५११२३८०५

९८५१२८५४००

९८५१२३७३३९

डीएसपी घलेले यात्रुहरूलाई संयम अपनाउन र आवश्यकताअनुसार प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेका छन्। पहिरोले पुरिएका सडकहरू खुलाउन भइरहेको प्रयासमा स्थानीयवासी र सुरक्षा निकायले समेत सहयोग गरिरहेका छन्।

काभ्रेको बीपी राजमार्ग अहिलेको मौसममा अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ। लगातारको वर्षाले सक्रिय पहिरो क्षेत्रलाई झनै संवेदनशील बनाएकोले यात्रा गर्दा पूर्व सूचना लिइ सुरक्षित विकल्प रोज्न प्रहरीको आग्रह छ।

  • Jigyasanepal

थप