Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

जनकपुरधाम, कात्तिक ८ – बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेंद्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

साहले एक योजनाको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारको हेटौंडास्थित टोलीले बिहीबार उनलाई कलैया उपमहानगरपालिका–४ स्थित वडा कार्यालय नजिकबाट पक्राउ गरेको हो।


अख्तियारको तिव्र अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार साहलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउपछि अख्तियारले घटनाको थप अनुसन्धान गरिरहेको छ।

अधिकृतको यो गिरफ्तारीले सरकारी सेवामा व्याप्त भ्रष्टाचारको गम्भीरता पुनः उजागर गरेको छ, जसले प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणमा कडा कदम चाल्नुपर्ने आवश्यकतालाई बल दिएको छ।

घटनाले के देखाउँछ?

यो घटनाले स्थानीय तहमा भ्रष्टाचार रोकथामका लागि निगरानी र निगरानीमा रहेका प्रणालीहरूको कडाइको महत्त्वझल्काउँछ।


  • Jigyasanepal

थप