Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

जम्मु–कश्मीरमा वर्षाको ताण्डव : मृतक ४१, वैष्णोदेवी जाने बाटोमा सबैभन्दा ठूलो विपत्ति

  •   ८ महिना अघि | १२ भदौ २०८२, बिहिबार

 भदौ १२, २०८२ बिहीबार, काठमाडौं

जम्मु–कश्मीरसहित उत्तर भारत भीषण वर्षाले तहसनहस भएको छ। भारतको मौसम विभागका अनुसार मंगलबार र बुधबार भएको वर्षाले ११५ वर्षयताको कीर्तिमान तोड्दै जम्मुमा मात्र २९६ मिलिमिटर वर्षा भएको छ।

यस विनाशकारी वर्षाले जम्मु–कश्मीरमा ४१ जनाको ज्यान लिएको पुष्टि भएको छ। मृतकमध्ये ३४ जना वैष्णोदेवी दर्शनमा गएका भक्तजन रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तानले जनाएको छ।

 वैष्णोदेवी मार्गमै ठूलो दुर्घटना

वैष्णोदेवी जाने बाटोको अर्धकुमारी नजिकै पहिरो जाँदा भक्तजनहरूको मृत्यु भएको हो। उक्त घटनामा २८ जना घाइते भएका छन् भने अझै केहीजना बेपत्ता रहेका बताइएको छ।

 उत्तर भारतमै ठप्प अवस्था

बाढी–पहिरोका कारण जम्मु–कश्मीरतर्फको रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ। यसका कारण मध्य प्रदेश, उत्तर प्रदेशसहितका राज्यबाट आएका सयौँ भक्तजन जम्मु–कश्मीरमा अलपत्र परेका छन्।

स्थानीय प्रशासन र उद्धारकर्मीहरूले निरन्तर खोजतलास र उद्धार कार्य जारी राखेका छन्। तर लगातारको वर्षाका कारण उद्धार प्रयासमा कठिनाइ भइरहेको छ।

 जम्मु–कश्मीरमा यो वर्षाको कहर केवल प्राकृतिक प्रकोप मात्र नभई धार्मिक यात्राका लागि गएका हजारौँ भक्तजनको जीवनलाई त्रासले आच्छादित बनाएको छ।


  • Jigyasanepal

थप