Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

देशभर विपत्तिको कहर : दुई दिनमै ४० जनाको मृत्यु, ११ जना अझै बेपत्ता

  •   १ वर्ष अघि | १९ असोज २०८२, आइतवार

काठमाडौँ, असोज १९ । लगातारको वर्षा र प्राकृतिक विपत्तिले देशभर त्रास फैलिएको छ। पछिल्ला दुई दिनभित्र बाढीपहिरो, चट्याङ र सवारी दुर्घटनाजस्ता घटनाबाट ४० जनाले ज्यान गुमाएका छन् भने ११ जना अझै बेपत्ता रहेका छन्। साथै, १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

सबैभन्दा ठूलो मानवीय क्षति इलाम जिल्लामा भएको छ, जहाँ मात्र २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार,


सूर्योदय नगरपालिकामा ५ जना,


इलाम नगरपालिकामा ६ जना,


देउमाई नगरपालिकामा २ जना,


फाकफोकथुम गाउँपालिकामा १ जना,

माङसेबुङ गाउँपालिकामा ३ जना,

माइजोगमाई गाउँपालिकामा ८ जना,

र सन्दकपुर गाउँपालिकामा ३ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

सशस्त्र प्रहरीका उद्धार टोलीहरू हाल पनि विभिन्न स्थानमा बेपत्ताहरूको खोजी कार्यमा जुटेका छन्। इलामका धेरै बस्तीहरूमा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

यसैबीच, उदयपुरमा २, रौतहटमा ३, रसुवामा ४ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ। तीमध्ये रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित बेरिङ खोल्सामा बाढीले भक्तपुरका चार युवायुवती बगाएको घटना अझै चर्चा छ।

त्यस्तै, खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट ८ जना घाइते भएका छन् भने पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।

प्रदेश–प्रदेशमा भइरहेको लगातार वर्षाले पहाडी तथा तराईका धेरै ठाउँमा जोखिम बढाएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका टोलीहरू उद्धार र राहत कार्यमा सक्रिय रहेका छन्।

डीआईजी ईश्वर कार्कीका अनुसार, “देशका विभिन्न ठाउँमा संचार र यातायात अवरुद्ध भएकाले उद्धारमा चुनौती बढेको छ, तर सुरक्षा निकायले जनताको ज्यान बचाउन कुनै कसर बाँकी राख्दैन।”

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले सरकारले तत्काल राहत र पुनःस्थापना योजना ल्याउन माग गरेका छन्। बाढीपहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन् भने सडक, विद्युत् र खानेपानी संरचना समेत ठूलो संख्यामा क्षतिग्रस्त

भएका छन् ।

  • Jigyasanepal

थप