Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

आज वर्षाको सम्भावना : यी प्रदेशहरूमा बढी सतर्कता अपनाउन आग्रह

  •   ९ महिना अघि | १६ साउन २०८२, शुक्रबार

काठमाडौं । आज साउन १६ गते, शुक्रबारका लागि मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको जनाएको छ। बिहान ६ बजे जारी गरिएको २४ घण्टे बुलेटिनअनुसार दिउँसो र राति दुवै समयमा देशभर साधारणतया बदली रहने र विशेषगरी पहाडी क्षेत्रमा सक्रिय वर्षा प्रणाली रहने उल्लेख छ।

दिउँसो : कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बढी प्रभाव

दिउँसोको पूर्वानुमान अनुसार,

कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा धेरै स्थान र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

यस अवधिमा कृषि, यात्रा र बाहिरी क्रियाकलापमा संलग्न नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

राति : बागमतीको पहाडमा भारी वर्षाको चेतावनी

रातिको मौसम पनि उस्तै बदली रहने बताइएको छ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा धेरै स्थान र तराईका केही स्थानहरूमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेष गरी बागमती प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले पहिरो, बाढी र सडक अवरोधजस्ता सम्भावित जोखिमप्रति स्थानीयवासी र सम्बन्धित निकायहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

🔔 सुझाव:

अत्यावश्यक नपरी खुला स्थानमा जानु नगर्नुहोस्।

यात्रामा निस्कनुअघि मौसमको अद्यावधिक जानकारी लिनुहोस्।

पहाडी बस्ती, नदी किनार र डुबान सम्भावित क्षेत्रका नागरिक विशेष सतर्क रहनुहोस्।

  • Jigyasanepal

थप