Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भक्तपुरमा फार्मेसी र ब्युटीपार्लर लागुऔषध कारोबारको ‘हब’ बन्ने खतरा

  •   २ वर्ष अघि | २६ कार्तिक २०८१, सोमवार

भक्तपुर, कात्तिक २६ | भक्तपुरमा औषधि पसल (फार्मेसी) र ब्युटीपार्लर जस्ता व्यवसायहरू लागुऔषध कारोबारको ‘हब’ बन्ने खतरा देखिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले फार्मेसी र ब्युटीपार्लरबाट लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि यी स्थानहरूमा गोप्य सर्च अभियान र छापा मार्ने कार्य तीव्र भएको छ।

प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार, मानवीय स्वास्थ्य जोखिममा पार्ने गरी केही फार्मेसीहरूले स्वीकृत औषधिको आडमा अवैध लागुऔषध कारोबार गरिरहेका छन्। यस आर्थिक वर्षको कात्तिक महिनामा मात्र ५ घटनामा १० जनालाई लागुऔषध कारोबारको अभियोगमा पक्राउ गरिएको छ।

प्रहरी उपरीक्षक बुढाथोकीले भने, “अघिल्लो वर्ष कुनै पनि लागुऔषध कारोबारी पक्राउ नपरेको तथ्यांक देखेपछि शंका लाग्यो र अभियान सुरु गर्यौँ। अवस्था फरक पाएपछि लगातार पक्राउ गरिरहेका छौँ।”

गत शनिबार मध्यपुरथिमि–९ स्थित सुजु मेडिकलबाट अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा संचालक गणेशप्रसाद आचार्यलाई पक्राउ गरिएको छ। त्यस्तै, मध्यपुरथिमि नगरपालिका–१ मा रहेको अर्को फार्मेसीका संचालक रोहित सिंह र बलिराम खड्कालाई समेत पक्राउ गरी अनुसन्धान थालिएको छ।

प्रहरीले भक्तपुरको सल्लाघारी क्षेत्रबाट अवैध लागुऔषधसहित दोलखाका सुशील कार्की र रामेछापका हिरे माझीलाई समेत पक्राउ गरेको छ।

प्रहरीले लागुऔषध कारोबार रोक्नका लागि फार्मेसीदेखि ब्युटीपार्लरसम्म गोप्य सर्च अभियान निरन्तर चलाइरहेको

जनाएको छ।


  • RSS

थप