Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

पशुपतिमा विशेष पूजा : साँझ ७ बजेदेखि सुरू, १५ हजार १ सय तिर्ने भक्तजनलाई लाइन बस्‍न नपर्ने

  •   १ वर्ष अघि | १४ फाल्गुन २०८१, बुधबार

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ। साँझ ७ बजेदेखि सुरू हुने यो पूजा चार प्रहरसम्म सञ्चालन हुनेछ।

पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य एवं प्रचारप्रसार संयोजक राजकुमार खत्रीका अनुसार विशेष पूजाका लागि भक्तजनले १५ हजार १ सय रुपैयाँ तिर्नुपर्नेछ। यसरी पूजा गर्ने भक्तजनलाई लामो लाइनमा बस्नु नपर्ने र १ घण्टामै पूजा सम्पन्न गर्न सकिने व्यवस्था मिलाइएको छ।

विशेष पूजामा के समावेश हुन्छ?

महाशिवरात्रिको विशेष पूजामा पञ्चामृत प्रधान रहनेछ। यस वर्ष रुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत पूजा, हवन तथा अन्य पूजाहरू हटाएर एक मात्र विशेष पूजा समावेश गरिएको कोषले जनाएको छ।

१५ हजारभन्दा बढी रकम तिरेर विशेष पूजा गर्ने भक्तजनलाई लाखबत्ती बाल्ने सुविधा दिइनेछ। साथै, सवा लाख बत्तीद्वारा आरती, हवन तथा अन्य धार्मिक विधिहरूमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ।

पूजा कसरी गर्न सकिन्छ?

शिवरात्रिको दिन विशेष पूजामा सहभागी हुन चाहने भक्तजनले पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सय रुपैयाँ तिरेर भौचर लिनुपर्नेछ।

यसपालि विशेष पूजामा मात्र २०० भक्तजनले सहभागिता जनाउन सक्नेछन्। अघिल्ला वर्षहरूमा विभिन्न प्रकारका विशेष पूजाहरू उपलब्ध भए पनि यस वर्ष एउटै विधिमात्र राखिएको कोषका पदाधिकारी बताउँछन्।

विशेष पूजा कुन समयमा?

शिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा चार प्रहर रहनेछ:

पहिलो प्रहर : साँझ ७ बजे

दोस्रो प्रहर : राति ९ बजे

तेस्रो प्रहर : मध्यरात १२ बजे


चौथो प्रहर : बिहान ३ बजेसम्म

यो बेला शिव तत्व र सत्वगुणको प्रधानता हुने धार्मिक मान्यता छ। त्यसैले पूजाका साथै ध्यान, प्रार्थना तथा आराधना गर्न विशेष महत्व रहेको कोषले जनाएको छ।

डिजिटल भेटी चढाउने सुविधा

यस वर्ष भक्तजनहरूले डिजिटल माध्यमबाट पनि भेटी चढाउन सक्नेछन्। ई-सेवा, मोबाइल बैंकिङजस्ता डिजिटल वालेटमार्फत भेटी चढाउने व्यवस्था गरिएको प्रचारप्रसार संयोजक खत्रीले जानकारी दिए।

उनका अनुसार दर्शन व्यवस्थापनलाई सहज बनाउन पशुपति मन्दिरका बाहिरी चार वटा प्रवेशद्वार तथा भित्रका विभिन्न ढोकाहरूमा लाइन मिलाइएको छ।

मेला व्यवस्थापन र सुरक्षा प्रबन्ध

शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी, जुत्ता-चप्पल व्यवस्थापन, सुरक्षा तथा प्रचारप्रसारका लागि विभिन्न उपसमितिहरू परिचालित भएका छन्।

मन्दिरको मूल ढोकासहित विभिन्न स्थानहरू फूल र बिजुली बत्तीले सजाइएको छ। नागाबाबाहरूका लागि धुनीको व्यवस्था गरिएको छ।

यस वर्ष भारत तथा अन्य मुलुकबाट हजारौं तीर्थयात्री तथा पर्यटक पशुपतिमा आउने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप