Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

महिलाको हत्या प्रकरण: पाँच जना पक्राउ

  •   २ वर्ष अघि | २६ फाल्गुन २०८१, सोमवार

काठमाडौं – गोकर्णेश्वरमा एक महिलाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा चार युवा तथा एक नाबालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सर्लाहीका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोककी २० वर्षीया पूजा परियार तथा एक नाबालक रहेका छन्।

फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिकैको बाग्मती खोलाको बीच भागमा, बोराभित्र डुबाइएका अवस्थामा अन्दाजी ३०–३५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पठाइएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा पाँच जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

हाल जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ परेका व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान गरिरहेको छ। अदालतबाट ६ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जानकारीदिएको छ।


  • Jigyasa media

थप