Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौतीमा विश्व हिन्दु महासंघको धार्मिक नगरसभा आयोजना हुँदै

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

पनौती । विश्व हिन्दु महासंघ नेपाल, राष्ट्रिय समिति अन्तर्गत काभ्रे जिल्लाको पनौती नगर कार्यसमितिले धार्मिक नगरसभा आयोजना गर्ने भएको छ। यो सभा आगामी २०८१ चैत १६ गते (शनिवार) पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुने आयोजक समितिले जनाएको छ ।

नगरसभामा जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति, केन्द्रिय कार्यसमिति, केन्द्रिय प्रतिनिधिहरु, पालिका समितिहरु, आजीवन सदस्यहरु, तथा सम्पूर्ण धर्मानुरागीहरुसँग विशेष सहभागिताको आग्रह गरिएको छ।


यस धार्मिक नगरसभाका सम्बन्धमा पनौती नगर कार्यसमितिका अध्यक्ष मोहन कुमार बस्नेतले हिन्दू धर्म-संस्कृतिको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउँदै, सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अपिल गरेका छन्।

नगरसभाअघि जिल्ला कार्यसमितिको नियमित बैठक बिहान ८ बजेदेखि १० बजेसम्म हुने भएको छ। बैठकपछि धार्मिक नगरसभा सुरु हुने बताइन्छ ।

कार्यक्रम विवरण:

📅 मिति: २०८१ चैत १६, शनिवार

📍 स्थान: ताम्राकार पार्टी भेन्यु, पनौती–४, काभ्रे

⏰ समय: बिहान १०:०० बजे

हिन्दू धर्म-संस्कृतिको जगेर्ना तथा धार्मिक चेतनाको प्रवर्द्धनका लागि यो नगरसभा महत्वपूर्ण हुने आयोजकको विश्वास छ।


  • Jigyasa media

थप