Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

शैलुङमा नयाँ वर्षमा पचास हजार भक्तजनको आगमन हुने अनुमान

ऐतिहासिक लघु रुद्री पूजा हुदै, प्रकृति संरक्षणको अपिलसहित सुरक्षा माग

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

शुकदेव थपलिया दोलखा ।

नयाँ वर्ष २०८२ को पहिलो किरणसँगै दोलखा र रामेछापको सीमामा पर्ने धार्मिक, ऐतिहासिक र पर्यटकीय शिर शैलुङमा सामूहिक लघु रुद्रीको भव्य आयो‍जनाको तयारी पूरा भएको छ । आयोजकका अनुसार सोही पूजा मार्फत आध्यात्मिक स्पन्दनले शैलुङ पुनः एक पटक गुञ्जिनेछ। शैलुङ्गेश्वर महादेव मन्दिर र भीमसेन सिला तरवार परिसरमा आयोजना हुन लागेको यस धार्मिक कार्यक्रमले पचास हजारभन्दा बढी श्रद्धालु तथा पर्यटक आकर्षित गर्ने आयोजकको विश्वास छ।


यस ऐतिहासिक कार्यक्रमा १३ जना पण्डितले शैलुङ्गेश्वर महादेव मन्दिरमा र २३ जना पण्डितले भीमसेन सिला तरवारमा वैदिक विधिबाट सामूहिक लघु रुद्री पूजा सम्पन्न गर्नेछन्। कार्यक्रम संयोजक तथा गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालिका अध्यक्ष प्रबिण प्रसाद थपलियाका अनुसार, नयाँ वर्षको दिन शैलुङमा ऐतिहासिक संयोगको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभएको छ ।

शैलुङ — अध्यात्म, किंवदन्ती र पर्यटकीय चमत्कारको संगम

तीन हजार एक सय ४८ मिटरको उचाइमा अवस्थित शैलुङको सयवटा थुम्कामा ऋषिमुनिहरूले तपस्या गरेको जनश्रुति रहेको छ। हरेक १२ वर्षमा गोदावरी फूल्ने, धर्म ढोकामा कर्मको मूल्याङ्कन हुने, र शिवजीको प्रतिमूर्तिसँग मागिएको वर खेर नजाने धार्मिक विश्वासले यस क्षेत्रको आध्यात्मिक गहिराईलाई अझ गाढा बनाएको छ।


भीमा एकादशीको दिन मात्रै होइन, हरेक धार्मिक चाडपर्वमा यहाँको भीमसेन सिला तरवारमा पूजाआजा हुने परम्परा छ। शैलुङ क्षेत्र केवल एक धार्मिक गन्तव्य मात्र नभएर भूगोल, वनस्पति, किंवदन्ती र भक्तिको अनुपम संगम बनेको छ।

समाजसेवी उप्रेतीको आह्वान : "शैलुङ नेपालकै आध्यात्मिक मोती"

कार्यक्रम एसएस फाउन्डेसनका संरक्षक तथा समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा सम्पन्न हुँदैछ। उनका अनुसार, “शैलुङ केवल मन्दिरको थलो होइन, यो भूगोल नै धार्मिक ऊर्जा बोकेको छ। यो किम्बदन्ती, संस्कृति र प्राकृतिक स्रोतको संग्रहालय हो। यसलाई विश्वस्तरीय तीर्थ र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न अब ढिलो गर्नु हुँदैन।”

उप्रेतीकै अगुवाइमा ५२ किलोको काँसको घण्टा भीमसेन सिला तरवारमा चढाइनेछ, जसले क्षेत्रको गरिमा थप उच्च बनाउनेछ।


सुरक्षा र संरक्षणमा विशेष जोड

कार्यक्रम व्यवस्थापनमा जुटेको शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाले सुरक्षा र संरक्षणमा समेत कडाइका साथ चासो राखेको जनाएको छ। अध्यक्ष रुद्र थपलियाले भने, “हामी नयाँ वर्षमा हजारौं भक्तजनको आगमनमा सुरक्षा, शान्ति र व्यवस्थापन सुनिश्चित गर्न कुनै पनि अप्रिय घटना हुन नदिन पहिल्यै सजग रहन सबै भतजन समाजेवि र स्वेमसेबी  लगायत स्थानीय प्रशासनसँग समन्वयमा छौं।”


यसै क्रममा आयोजकले लालीगुराँस, जडीबुटी र प्राकृतिक सम्पदा नतोड्न, नच्यात्न भक्तजनमा अपिल समेत गरेका छन्। "शैलुङलाई भित्रबाट बुझौं, बाहिरी सौन्दर्यलाई क्षति नपुर्याऔं," आयोजकको भावुक अनुरोध छ।


भोलिको तीर्थ, आजकै चिनारी

शैलुङ अब केवल धार्मिक स्थल होइन, नेपालको उदीयमान धार्मिक पर्यटनको प्रतीक बन्दैछ। आयोजक, स्थानीय बासिन्दा र देशविदेशका श्रद्धालुको उत्साहले यस क्षेत्रको पहिचानलाई नयाँ उचाइमा पुर्याउँदैछ।

नयाँ वर्ष २०८२ शैलुङको थुम्कामा उदाउने घामसँगै गुञ्जिने घण्टाघात, मन्त्रोच्चारण र श्रद्धाको लहर ले भक्तजनको मन मात्र होइन, नेपालकै धार्मिक पर्यटकीय नक्शामा एउटा चम्किलो चिनो छाड्ने अपेक्षा गरिएको छ।





  • Jigyasa media

थप