Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज देशका यी क्षेत्रहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हिमपातको चेतावनी

  •   २ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

२५ चैत, काठमाडौं | सोमबार देशको मौसममा फेरि परिवर्तनको संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका केही भागमा मेघगर्जन, चट्याङ र हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। हिमाली भूभागमा भने हिमपातसमेतको सम्भावना रहेको छ।

यी प्रदेशमा हुनेछ वर्षा र चट्याङ

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आज दिउँसो एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यी क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

हिमाली भूभागमा हिमपातको सम्भावना

उही प्रदेशका उच्च हिमाली भेगमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेष गरी सगरमाथा, अन्नपूर्ण, लाङटाङ क्षेत्रजस्ता हिमाली क्षेत्रका यात्रु र पर्यटकहरूलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

राति मौसम केही खुल्ने संकेत

सोमबार रातिको समय भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतः सफा हुने महाशाखाले जानकारी दिएको छ। तर, एकाएक मौसममा हुने परिवर्तनलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।



  • Jigyasa media

थप