Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीनकुने आगजनी प्रकरणमा संलग्न थप दुई व्यक्ति प्रहरी नियन्त्रणमा

  •   २ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

चैत २६, काठमाडौं — काठमाडौंको तीनकुनेमा केही दिनअघि भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई व्यक्तिलाई पक्राउ गरेको छ।

गत चैत १५ गते राजावादी आन्दोलनको दौरान तीनकुने क्षेत्रमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भई करोडौंको क्षति पुगेको थियो। प्रदर्शन नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा गरिएको थियो।

पक्राउ परेका व्यक्तिहरूमा भोजपुरको अरुण गाउँपालिका निवासी ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका निवासी ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पक्राउ परेका दुवैजनालाई अपराधिक उपद्रवसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ।



  • Jigyasa media

थप