Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काभ्रे, पनौती निवासी प्रमिलाले आफ्नी छोरीको हत्या गरेको स्वीकार गरेपछि ...!

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

काठमाडौं – ललितपुरको कोन्जोसोम गाउँपालिका–३, दलचोकीमा बस्दै आएकी २१ वर्षीया प्रमिला भण्डारीले आफ्नै २३ महिनाकी छोरी प्रिन्सिका भण्डारीको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन्। काभ्रे, पनौती निवासी प्रमिलाले एक महिनापछि छोरीको हत्या स्वीकार गरेकी हुन्।

२७ साउनमा प्रमिलाले छोरी हराएको भन्दै प्रहरीमा निवेदन दिएपछि खोजी कार्य अघि बढाइएको थियो। तर, २८ साउनमा सिलिङ्गेबेसी आँपबोटमा ठोस्ने खोलामा प्रिन्सिकाको शव पानीमा डुबेको अवस्थामा फेला परेको थियो। शवको पोष्टमार्टम रिपोर्टले शंकास्पद अवस्था देखाएपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो।

प्रहरी अनुसन्धानका क्रममा प्रमिलाले छोरीको हत्या गरी शव खोलामा फालेको स्वीकार गरेकी छिन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार प्रमिलाले छोरीलाई हिकाउँदा बेहोस भएपछि खोलामा फालेको बयान दिएको छ। 

ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप