Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

महोत्तरीमा श्रीमतीको कुटपिट गरी हत्या, श्रीमान् फरार

  •   २ वर्ष अघि | ३ भदौ २०८१, सोमवार

जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक व्यक्तिले आफ्नी श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार, ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरेका हुन्।

शनिबार घरायसी विवादका क्रममा हबिबले रोशनालाई निर्घात कुटपिट गरेका थिए, जसका कारण समयमै उपचार नहुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। 

घटनापछि फरार भएका हबिबको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप