Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारी सार्वजनिक

  •   २ वर्ष अघि | २७ असोज २०८१, आइतवार

धनगढी ।डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका हुन्।


जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलनमार्फत भण्डारीलाई सार्वजनिक गर्दै, उनले हत्या स्वीकार गरेको जानकारी दिएको छ। भण्डारीले आफ्नै पसलको कोठामा आरतीको घाँटी थिचेर हत्या गरेको र शव व्यवस्थापनका लागि प्लास्टिकको बोरामा राखेर फालेको खुलासा भएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भएको भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको भए पनि प्रारम्भिक बयानअनुसार भण्डारीले आवेशमा आएर यो अपराध गरेको बताएकाछन्।


  • Jigyasanepal

थप