Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

कुवेतमा मेथानोल विषाक्त मदिराले १६ नेपालीको मृत्यु, ३५ उपचाररत

  •   १ वर्ष अघि | ३० साउन २०८२, शुक्रबार

साउन ३०, २०८२, शुक्रबार — काठमाडौं/कुवेत

कुवेतमा मेथानोल मिश्रित विषाक्त मदिरा सेवनका कारण भएको त्रासदीमा अहिलेसम्म १६ नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाएका छन्। यससँगै कुवेतस्थित नेपाली राजदूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवन नगर्न विशेष आग्रह गरेको छ।

राजदूतावासले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ र विषाक्त मदिराबाट टाढा रहन चेतावनी दिएको हो। राजदूत र दूतावासका कर्मचारीहरू नेपाली बिरामीहरूको उपचार भइरहेको अस्पताल पुगेर अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको दूतावासले जनाएको छ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अनुसार गत सातादेखि हालसम्म कुवेतका विभिन्न स्थानमा अति प्रज्ज्वलनशील र घातक पदार्थ मेथानोल मिसाइएको मदिरा सेवनपछि २३ आप्रवासी श्रमिकको मृत्यु भएको छ, जसमा १६ जना नेपाली र बाँकी भारतीय रहेका छन्।

महासंघका अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाद्वारा जारी विज्ञप्तिमा हालसम्म १६० भन्दा बढी आप्रवासी श्रमिक अस्पतालको सघन उपचारकक्षमा रहेको उल्लेख छ। मृतकहरूको नाम र ठेगाना भने अझै सार्वजनिक गरिएको छैन।

कुवेत सरकारले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। यो घटनाले विदेशमा कार्यरत नेपाली आप्रवासी श्रमिकहरूबीच स्वास्थ्य सुरक्षा र सचेतनाको गहिरो आवश्यकता पुनः उजागर गरेको छ।


  • Jigyasanepal

थप