Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

आज तराईभन्दा पहाडमा बढी वर्षा, कोसी र गण्डकीका केही स्थानमा ‘भारी वर्षा’को सम्भावना

  •   ९ महिना अघि | २५ साउन २०८२, आइतवार

काठमाडौँ — आज (साउन २५, आइतबार) दिउँसो र राति देशभर आकाश बदली रहने र धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भन्दा पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। विशेषगरी कोसी र गण्डकीका पहाडमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश, कोसी, बागमती र गण्डकीका पहाडका केही स्थानमा मध्यम वर्षा, र कोसी, बागमती र गण्डकीका पहाडका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार,

१० मि.मि.भन्दा कम वर्षा = हल्का

१०–५० मि.मि. = मध्यम

५०–१०० मि.मि. = भारी

१००–२०० मि.मि. = धेरै भारी

२०० मि.मि.भन्दा माथि = अति भारी वर्षा मानिन्छ।

त्यस्तै, पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’ र ‘धेरै स्थान’ जस्ता शब्दहरूको अर्थ क्षेत्रफलको प्रतिशतमा आधारित हुन्छ—

एक–दुई स्थान = १०% भन्दा कम क्षेत्रफल

थोरै स्थान = १०–३०% क्षेत्रफल

केही स्थान = ३०–५०% क्षेत्रफल

धेरै स्थान = ५०–८०% क्षेत्रफल

अधिकांश स्थान = ८०% भन्दा बढी क्षेत्रफलमा वर्षा हुने सम्भावना।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, खोला–नदीमा पानीको सतह बढ्ने र आवागमनमा असर पर्न सक्ने चेतावनी समेत दिएको छ।

  • Jigyasanepal

थप