Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रेका सशस्त्र प्रहरी गणपति एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही, झापाको तालिम शिक्षालयमा सरुवा

  •   १ वर्ष अघि | ३१ असार २०८२, मङ्लबार

अर्जुन अधिकारी काभ्रे ।, असार ३१ । सशस्त्र प्रहरी बलको नम्बर १५ गण, काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही गरिएको छ। नेतृत्व कमजोरी, जनशक्ति व्यवस्थापनमा लापरवाही र मातहतप्रति दुर्व्यवहारको आरोप लागेपछि उनलाई झापाको पाथीभरा जवान तालिम शिक्षालयमा सरुवा गरिएको हो।

स्रोतका अनुसार, प्रसाईँमाथि आपतकालीन अवस्था (विपद्) मा पनि बढी संख्यामा जनशक्ति बिदामा पठाएको, बाँकी जनशक्तिलाई सुसंगठित रूपमा परिचालन नगरेको, र कर्मचारीहरूसँग दुव्र्यवहार गरेको गम्भीर आरोप लागेको छ।

✦ कारबाही चार दिनअघि नै सुरू, बाहिनीबाट तानिए

सरुवा भएर केही दिनमै गणबाट बिदाइ हुने तयारीमा रहेका प्रसाईँलाई चितवनस्थित गढीमाई बाहिनीले चार दिनअघि नै तानेको हो। सशस्त्र प्रहरीको स्पष्ट निर्देशन विपरीत उनले कार्यशैली प्रदर्शन गरेको भन्दै बाहिनीले कारबाहीको सिफारिस गरेको थियो।

✦ सहप्रवक्ताको पुष्टि

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले प्रसाईँमाथि विभागीय कारबाही गरिएको पुष्टि गर्दै सो निर्णय संगठनको आन्तरिक मूल्यांकनपछि गरिएको जानकारी दिए। "उहाँलाई झापास्थित पाथीभरा तालिम शिक्षालयमा सरुवा गरिएको छ," थापाले बताए। सो शिक्षालयको नेतृत्व एसएसपी तहको अधिकृतले गर्ने गर्छन्।

✦ काभ्रेको नयाँ गणपति माधव रेग्मी

प्रसाईँको स्थानमा सशस्त्र प्रहरी बलले एसपी माधव रेग्मीलाई काभ्रे गणको प्रमुख (गणपति) को रूपमा सरुवा गरेको छ। रेग्मी अब काभ्रेमा सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

 यो घटनाले सशस्त्र प्रहरी संगठनभित्र पनि नेतृत्व र अनुशासनको मापदण्ड प्रति गम्भीरता राखिएको संकेत गर्दछ। विपद् व्यवस्थापनजस्तो संवेदनशील क्षेत्रमा लापरवाही सह्य नहुने सन्देश उच्चपदस्थ अधिकारीलाई समेत सशस्त अनुशासन लागू गरिँदै छ भन्ने सन्देश दिएको कतिपयले बताएका छन् । 

  • Jigyasanepal

थप