Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दिउँसो देशका यी स्थानमा भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | ६ भदौ २०८२, शुक्रबार

 काठमाडौँ – भदौ ६, २०८२, शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार दिउँसो र राति विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

 दिउँसो (साँझ ६ बजेसम्म)

देशभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।

लुम्बिनीका तराई र पहाड, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म)

देशका पहाडी भूभागमा साधारणतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

केही स्थानमा मध्यम वर्षा र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान नजिकै रहेकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो।

वर्षाको मापदण्ड

१० मि.मि. भन्दा कम → हल्का वर्षा

१० – ५० मि.मि. → मध्यम वर्षा

५० – १०० मि.मि. → भारी वर्षा

१०० – २०० मि.मि. → धेरै भारी वर्षा

२०० मि.मि. भन्दा बढी → अति भारी वर्षा

स्थानगत संकेत

“एक-दुई स्थानमा” → १०% भन्दा कम क्षेत्रफल

“थोरै स्थानमा” → १०% – ३०%

“केही स्थानमा” → ३०% – ५०%

“धेरै स्थानमा” → ५०% – ८०%

“अधिकांश स्थानमा” → ८०% भन्दा बढी

 महाशाखाले विशेषगरी पहाडी भूभागमा नदी, खोला र सहायक जलधारामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


  • Jigyasanepal

थप