Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आजको यस्तो छ देशभरको मौषम पूर्वानुमान विवरण

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

काठमाडौं ।: देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यत: सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश र अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ, जबकि बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। यद्यपि, केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ने महाशाखाले जानकारी दिएको छ।

राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यो अवस्था कृषि, पर्यटन, सडक, र हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता आवश्यक रहेको महाशाखाले सुझाएको छ।

यस मौसमको प्रभावले गर्दा पर्वतारोहण र पर्यटन क्षेत्रका योजनाहरूमा अवरोध आउने हुनाले विशेष ध्यान दिनुपर्ने देखिएको छ।


  • Jigyasa media

थप