Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

धुलिखेलमा फर्निचर सेन्टरमा आगलागी, नियन्त्रण प्रयास जारी

  •   २ वर्ष अघि | ११ माघ २०८१, शुक्रबार

काभ्रे, माघ ११ - काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित श्याम प्रसाद दहालद्वारा सञ्चालित श्याम सुन्दर फर्निचर सेन्टरमा बिहीबार साँझ करिब ८:३० बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको छ।

विद्युत् सर्ट सर्किटका कारण भएको आगलागी नियन्त्रण गर्न अहिले श्री कालिजंग गण, धुलिखेलबाट पर्शुराम शाक्यको नेतृत्वमा ३४ जनाको टोली खटिएको छ।

धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाको दुईवटा दमकलसहित स्थानीयवासीहरू पनि आगो नियन्त्रणको प्रयासमा जुटेका छन्। स्थानीयले बाल्टिन र अन्य उपकरणहरूको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन्।

स्थानीय प्रहरीका अनुसार आगलागीको कारण फर्निचर सेन्टरमा रहेका सामग्रीलाई ठूलो क्षति पुगेको छ। थप विवरण आउन बाँकी रहेको र क्षतिको आकलन भइरहेको जानकारी आएको छ।  Bop post it park बाट ससस्त्र प्रहरीका इन्स्पेकटर युवराज कार्की सहितको टोली पनि आगलागी नियन्त्रणमा खटिएको छ ।


स्थानीयको सक्रियता

स्थानीयवासीहरूले तत्काल घटनास्थलमा पुगेर दमकल टोलीलाई सहयोग गरेका छन्। आगलागीका कारण आसपासका क्षेत्रमा त्रास फैलिएको भए पनि समयमै दमकल र सेनाको सक्रियताले ठूलो क्षति हुनबाट जोगाउने प्रयास भइरहेको छ।

नेपाल प्रहरी ससस्त्र प्रहरी, सेना, र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिन विभिन्न उपायहरू अपनाइँदै छ। आगलागीको विस्तृत विवरण र क्षतिको आकलनपछि थप जानकारी आउने बताइएको छ।


  • Jigyasa media

थप