Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

भारतको सिम्लामा भीषण सवारी दुर्घटना : सल्यानको एउटै गाउँका ४ जनाको मृत्यु, ३ घाइते

  •   १ वर्ष अघि | ३१ भदौ २०८२, मङ्लबार

दाङ ।भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा भएको भीषण सवारी दुर्घटनामा सल्यानको एउटै गाउँका ४ जनाले ज्यान गुमाएका छन् भने ३ जना गम्भीर घाइते भएका छन्।

सल्यान प्रहरी प्रवक्ता इन्सपेक्टर बाबुराम बस्नेतका अनुसार दुर्घटनामा कुमाख गाउँपालिका–४ जिउलाका ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको हो। सोही गाउँका २६ वर्षीय हिमबहादुर शाही, ३६ वर्षीय नेवबहादुर शाही र २२ वर्षीय हेमन्त शाही घाइते भएका छन्।

मृतक र घाइते सबै एउटै गाउँका भएकाले पुरै बस्ती शोकमा डुबेको छ। वडाध्यक्ष शोभिलाल बस्नेतका अनुसार मृतकको शव पोस्टमार्टमपछि नेपाल ल्याइने तयारी भइरहेको छ भने घाइतेहरूको उपचार सिम्लामै भइरहेको छ।

आइतबार बिहान करिब ९ बजे उनीहरू काममा जाँदै गरेका बेला एचपी ६३७८९७ नम्बरको पिकअप गाडी सिम्लाको कोटखाईमा दुर्घटनाग्रस्त भएको थियो।

👉 एउटै गाउँका चारजनाको मृत्यु र तीनजनाको घाइते भएपछि कुमाख गाउँमा शोकको वातावरण छाएको छ। स्थानीयवासीले पीडित परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकारसँग अपिल गरेका छन्।


  • Jigyasanepal

थप