Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

देशभर कारागारमा उथलपुथल : बाँकेको बाल सुधार गृहमा ५ र रामेछाप कारागारमा २ को मृत्यु

  •   १ वर्ष अघि | २६ भदौ २०८२, बिहिबार

काठमाडौँ, भदौ २६ ।

जेनजी आन्दोलनसँगै देशैभर सुरक्षाकर्मीले कडाइ गरेको समयमा कारागारभित्रै हिंसात्मक घटना चर्किँदै गएको छ। बुधबार राति बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ भने बिहीबार बिहान रामेछापमा कारागार तोडफोड गरी भाग्न खोज्दा सेनाले चलाएको गोलीबाट २ कैदीको मृत्यु भएको छ।


बाँकेको बाल सुधार गृहमा रक्तपात


कारागार प्रमुख जालन्धर भुसालका अनुसार बाल सुधार गृहमा रहेका कैदीहरूले गेट फोडेर बाहिर निस्कन खोज्दा प्रहरी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा ५ जनाको ज्यान गयो। घटनामा थप ७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा –


दैलेखका भुपेन्द्र खत्री


बाँकेका समिर थापा


अछामका उमेश विष्ट


कैलालीका जगत देउवा


दाङका दिनेश घर्तीमगर

प्रशासनका अनुसार ५८५ मध्ये १४९ कैदी र ७६ जना बालसुधार गृहका बालबन्दी भाग्न सफल भएका छन्। घाइतेहरूको उपचार भेरी अस्पतालसहितका विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ।

रामेछापमा सेनाको गोली, २ कैदी ढले

रामेछापमा बिहीबार बिहान करिब ७ बजे कैदीबन्दीहरूले ताल्चा फोड्दै भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीलाई बाध्य पारेर सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

उनका अनुसार, गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृतकहरूको परिचय खुलेको छैन।

“बाहिर ननिस्कनुस्, गोली चल्न सक्छ भनेर पटक–पटक सम्झाउँदा पनि कैदीले अटेरी गरेपछि बाध्य भएर गोली चलाउनुपरेको हो,” प्रजिअ थापाले भने।

सेनाले सुरक्षा जिम्मा लिएको तीन दिनमै रक्तपात

जेनजी आन्दोलन उग्र बनेपछि मंगलबार राति १० बजेदेखि देशव्यापी सुरक्षा जिम्मा नेपाली सेनाले लिएको हो। तर, त्यसको भोलिपल्टै बाँके र रामेछापमा देखिएको रक्तपातले कारागार व्यवस्थापन र सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न खडा गरेको छ।


👉 बाँकेमा ५ र रामेछापमा २ जनाको मृत्यु भएको पुष्टि भएसँगै, देशभर कारागार प्रणाली संकटमा परेको संकेत देखिएको छ। भागेका कैदीबन्दीको खोजतलास तीव्र पारिएको प्रशासनले जनाएको छ।



  • Jigyasanepal

थप