Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

पूजा आराधनासहित इन्द्रजात्रा सुरु

  •   १ वर्ष अघि | २१ भदौ २०८२, शनिबार

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो र भव्य पर्व इन्द्रजात्रा आज शनिबार इन्द्रदेवको पूजा–आराधनासहित सुरु भएको छ। भाद्र शुक्ल चतुर्दशीका दिनबाट प्रारम्भ हुने यो पर्व आठ दिनसम्म विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित धुमधामले मनाइने परम्परा छ।

आज राजधानीको ऐतिहासिक हनुमानढोकामा ध्वजासहितको पवित्र योंशी ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ। यससँगै पर्वको औपचारिक सुरुवात भएको हो। योंशीको आधारमा भैरवको पूजा गर्ने परम्परा रहिआएको छ। मान्यता अनुसार, शत्रु विजयीको खुसीयालीको प्रतीक स्वरूप यो पर्व मनाउन थालिएको हो।


इन्द्रजात्रामा प्रयोग गरिने काठ काभ्रेको नालाबाट तान्त्रिक विधिपूर्वक ल्याइन्छ। त्यसलाई काठमाडौंको भोःटहिटीमा परम्परागत संस्कारद्वारा पवित्र बनाई योंशी ठड्याउने गरिन्छ। पर्वको अवसरमा भक्तपुरको भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार नाच, पुलुकिसी नाचलगायतका परम्परागत नृत्यहरू उपत्यकाका विभिन्न स्थानमा प्रस्तुत गरिन्छन्।


यसैगरी, जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा पनि निकालिएको छ। परम्पराअनुसार आजकै दिन राष्ट्रप्रमुख राष्ट्रपति स्वयं उपस्थित भई कुमारीको दर्शन, पूजा र प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ।

इतिहासअनुसार, इन्द्रजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लको शासनकालमा भएको मानिन्छ। वर्षा र समृद्धि प्रदान गर्ने देवता इन्द्रलाई विशेष आराधना गर्ने यो पर्वले उपत्यकामा धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई अझ सुदृढ बनाउने परम्परा कायम गर्दै आएको छ।

  • Jigyasanepal

थप