Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

काभ्रेमा कटुवा पेस्तोल र ३६ राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

काभ्रे – काभ्रे प्रहरीले अवैध हतियारसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्राप्त विवरणअनुसार मिति २०८२ भदौ २८ गते राति करिब १ बजे बनेपा नगरपालिका–९, सिदार्थ स्कूल नजिकै स्थित भाडाको कोठामा बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठ (स्थायी ठेगाना: बनेपा नगरपालिका तीन धारा नजिकै काभ्रे) हिलत व्यवसाय गरेर बस्दै आएका लाई प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको हो।

सन्तोष श्रेष्ठको कोठाबाट प्रहरीले कटुवा पेस्तोल १ नाल र ३६ राउन्ड गोली लगायत अन्य विविध सामग्री र मोबाइल फोन सहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका अधिकारीहरूले जानकारी दिएका छन्।

बरामद गरिएको हतियारसहित श्रेष्ठलाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ। यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप