Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

इजरायली आक्रमणमा गाजामा ८७ जनाको मृत्यु

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

काठमाडौं । इजरायली हवाई आक्रमणले गाजाको उत्तरी क्षेत्र बेइट लाहियामा ८७ जनाको ज्यान गएको छ। उद्धारकर्ताहरूले भग्नावशेषमुनि अझै कैयौँ मानिस फसेको आशंका गरेका छन्, जसका कारण मृतकको संख्या थप बढ्न सक्ने गाजाको सरकारी मिडिया कार्यालयले जानकारी दिएको छ।

गाजा पट्टीको उत्तरी क्षेत्रमा खाद्यान्न, पानी, र औषधिको आपूर्ति विच्छेद भएसँगै १६ दिनदेखि जारी इजरायली सैन्य घेराबन्दीले अवस्थालाई भयावह बनाएको छ।

यसैबीच, इजरायलले लेबनानको बेरुतमा हिजबुल्लाहका ठिकानामा आक्रमण गरिरहेको छ। यो आक्रमण हिजबुल्लाहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतर्फ ड्रोन प्रहार गरेको जवाफी कारबाही हो। इजरायली समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार, नेतान्याहूले सामाजिक सञ्जालमा यस आक्रमणलाई गम्भीर गल्ती भनेका छन् र इजरायलले आफ्नो रक्षा युद्ध जारी राख्ने बताएका छन्।


  • RSS

थप