Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काभ्रेका तीर्थलालमाथी प्रहरी निरीक्षक बनेर लुटपाट गर्ने दुई जना पक्राउ

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

****


काठमाडौं, १४ भदौ: प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनी लुटपाट गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का २५ वर्षीय सुमन तामाङ, जो मिङमार तामाङको नामले पनि चिनिन्छन्, र बाग्लुङको काठेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार रहेका छन्। 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। एसपी काजीकुमार आचार्यका अनुसार, सुमनले आफू स्वयम्भूको प्रहरी वृत्तमा कार्यरत सादा पोशाकको इन्सपेक्टर भएको भन्दै लुटपाट गर्ने गरेको खुलासा भएको छ। 

२२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तामाङलाई आफ्नो पहिचान ढाँट्दै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार रुपैयाँ लुटपाट गरेका थिए। यस घटनापछि तीर्थलालले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। 

लुटपाट गरिएको सुनको सिक्री बलबहादुरलाई बेचेको पुष्टि भएपछि उनलाई पनि पक्राउ गरिएको हो। बलबहादुरको गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल रहेको छ। 

अनुसन्धानका क्रममा सुमनले लुटपाटमा प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ, जसमा नक्कली नम्बर प्लेट लगाइएको थियो। सुमनविरुद्ध यसै शैलीमा लुटपाट गरेको भनी ८ वटा उजुरी परेको एसपी आचार्यले जानकारी दिए।

  • Jigyasa media

थप