Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

युरोपेली आयोगले इरानमाथि नयाँ प्रतिबन्ध लगायो

  •   २ वर्ष अघि | २९ असोज २०८१, मङ्लबार

लक्जेम्बर्ग : युरोपेली आयोगले सोमबार इरानमाथि थप प्रतिबन्धहरू घोषणा गरेको छ। इरानले रुसलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्न ड्रोन र क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा यी प्रतिबन्ध लगाइएका हुन्। आयोगले इरानी एयरलाइन्ससहित सात संस्थाहरू र इरानी उप-रक्षामन्त्री सैयद हम्जेह घलान्डारी तथा रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका उच्च अधिकारीहरूमाथि पनि प्रतिबन्ध लागू गरेको छ।

यसअघि बेलायत, फ्रान्स, र जर्मनीले पनि यस्तै प्रतिबन्ध लगाएका थिए। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इरानको यो कदमलाई अस्वीकार्य भन्दै युक्रेनविरुद्धको युद्धमा इरानी समर्थन तत्काल रोक्नुपर्ने बताइन्।

इरानले भने युक्रेनमा आक्रमणका लागि रुसलाई कुनै पनि सैन्य सहयोग गरेको दाबी अस्वीकार गरेको छ। इरानका प्रवक्ता इस्माइल बाघाईले युरोपेली प्रतिबन्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुनविपरीत भनेका छन्।

यस नयाँ प्रतिबन्धले इरानको रक्षा क्षेत्रका प्रमुख निकाय र रकेट तथा मिसाइल प्रक्षेपणका लागि प्रयोग हुने प्रविधि निर्माण गर्ने दुई कम्पनीलाई पनि लक्षित गरेको छ। इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ।


स्रोत: रासस/एएफपी


  • RSS

थप