Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

जलेकी आमालाई अस्पताल लैजाँदै गर्दा भँडारेखोलामा ज्यान गुमाए पुजन

  •   १ वर्ष अघि | १८ माघ २०८१, शुक्रबार

ओखलढुंगा दुर्घटना : 

ओखलढुंगा – खोटाङको केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङको परिवार शोकाकुल छ। घरमा जेठाजु धनबहादुर गुरुङको काजकिरिया चल्दै थियो, उनी त्यसकै तयारीमा व्यस्त थिइन्।

बिहानै पिठो पिस्ने काम गरिरहेकी मायादेवी दिउँसो मदिरा तताउने क्रममा नराम्रो दुर्घटनामा परिन्। उनले गल्तीले पेट्रोललाई मदिरा ठानेर कराइमा खन्याइन्। एक्कासी आगो दन्कियो, उनको शरीर आगोको लप्काले छोयो। तत्काल उपचारका लागि दिक्तेल अस्पताल पुर्याइयो, तर त्यहाँ सम्भव नभएपछि चिकित्सकले काठमाडौं रिफर गरे।

परिवारले जीप रिजर्भ गरेर उनलाई काठमाडौं ल्याउने निर्णय गर्‍यो। ना १ ज ६४२१ नम्बरको जीपमा छोरा पुजन गुरुङ (२८) र बहिनी तारा गुरुङ (४५) समेत सँगै थिए। तर, बाटोमै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ स्थित मध्यपहाडी लोकमार्गको भँडारेखोलामा जीप दुर्घटनामा पर्यो।

बाँच्न सकेनन् आमा, छोरा र बहिनी

दुर्घटनामा परी मायादेवी, उनका छोरा पुजन र बहिनी ताराको घटनास्थलमै मृत्यु भयो। यस घटनाले शेरबहादुर गुरुङलाई असह्य पीडा दिएको छ। पत्नी र २८ वर्षीय छोराको असामयिक निधनपछि उनी शोकमा छन्। आफन्तहरू उनलाई पानी छम्केर सम्झाउने प्रयास गरिरहेका छन्।

शेरबहादुरका अर्का छोरा सुजन शारीरिक रूपमा अशक्त छन्। दुई छोरीमध्ये एकको विवाह भइसकेको छ भने अर्कीको अझै बाँकी छ।

चालक गम्भीर घाइते, अनुसन्धान जारी

दुर्घटनाग्रस्त जीपका चालक सुनसरी इनरुवाका २२ वर्षीय अनिल पण्डित भने गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भमा धुलिखेल अस्पताल पुर्याइएको थियो, हाल भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक मनिष लुँइटेलका अनुसार चालकको टाउकोमा चोट लागेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो दुर्घटनाले एकै परिवारका तीन सदस्य गुमाउँदाको पीडा देखाएको छ। मध्यपहाडी लोकमार्गमा सुरक्षाको अभाव र सतर्कताको कमीले पटक-पटक दुःखद घटना दोहोरिइरहेका छन्।


  • Jigyasa media

थप