Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सक्सेस एब्रोड स्टडी बनेपाको ‘मल्टिडेस्टिनेशन एड्मिसन डे’ कार्यक्रम सम्पन्न, सहभागी विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

  •   १ वर्ष अघि | २२ जेष्ठ २०८२, बिहिबार

बनेपा । काभ्रेको अग्रणी शैक्षिक परामर्शदाता संस्था सक्सेस एब्रोड स्टडी, बनेपाले जापान लगाएत अष्ट्रेलीया, क्यानडा, अमेरीका, दक्षिण कोरीया र युके लगाएत देशहरुमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी आज आयोजना गरेको ‘मल्टि डेस्टिनेशन एड्मिसन डे’ सम्पन्न भएको छ । सक्सेस एब्रोड स्टडीको कार्यालय बनेपामा आज बिहान सक्सेस एब्रोड स्टडी केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक तथा शैक्षिक परामर्श संघ (इक्यान)का सचिव भवनाथ हुमागाइको प्रमुख आतिथ्यमा बिहान ९ बजेबाट उक्त कार्यक्रम शुरु भएको थियो ।

बिहिबार सक्सेस एब्रोड स्टडीको कार्यालय बनेपामा आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले बताएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा २ सयको हाराहारीमा विद्यार्थीको सहभागीता रहेको सक्सेस एब्रोड स्टडी बनेपाका सिइओ उद्धब प्रसाद तिमल्सिनाले जानकारी दिए ।


एड्मिसन डेमा सहभागी भएकामध्ये सय जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको प्रावधान पनि राखिएको थियो । उनले भने, ‘जो विद्यार्थी सक्सेस एब्रोड स्टडी बनेपाबाट भाषा अध्ययन गरेर जापान लगायत अन्य देशमा उच्च शिक्षा हासिल गर्नका लागि गएका छन् उनीहरुले पढाई र जीवनयापनलाई सजिलैसँग अगाडि बढाउन सफल भएका छन् ।’

यस अवसरमा दक्ष तथा अनुभवी परामर्श दाताका रुपमा रहेको सक्सेस एब्रोड स्टडी बनेपाका सिइओ उद्धब प्रसाद तिमल्सिना र सक्सेस एब्रोड स्टडि केन्द्रीय कार्यालयका प्रबन्धक डोल थापा मगर बाट समेत प्रभावकारी र गुणस्तरीय परामर्श लिने मौका विद्यार्थीहरुले पाएका थिए ।


कार्यक्रममा आइएलटिएस, पिटिइ,जापानिज भाषा र कोरियन भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरुले अव आउने इन्टेकहरुमा विभिन्न देशहरुमा एप्लाई गर्न सक्ने भएको हुँदा यो अवसरमा धेरै विद्यार्थीहरुको रोजाई सक्सेस अर्बोड स्टडी नै भएको जानकारी संस्थाका अप्रेशन प्रमुख शुशिल बञ्जाराले दिनुभयो ।

विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले २०२६ को अप्रिल इन्टेकका लागि अप्लाई गर्न योग्य भएकाले प्लस टुको नतिजा आउँदासम्म आफ्नो भाषामा निखारता ल्याउनका लागि ‘मल्टि डेस्टिनेशन एड्मिसन डे’ एक महत्वपूर्ण कार्यक्रम भएको सिइओ उद्धब प्रसाद तिमल्सिनाले बताए ।


  • Jigyasanepal

थप