Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रेको चौकिडाँडामा भारतीय कार दुर्घटना : ब्रेक फेल भएर ७ मिटर तल खस्दा चार जना घाइते

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

काभ्रे, असार १ – काभ्रेको नमोबुद्ध नगरपालिका–६, चौकिडाँडामा भारतीय पर्यटक चढेको कार अनियन्त्रित भई दुर्घटनामा परेको छ। ब्रेक फेल भएपछि सडकबाट करिब ७ मिटर तल खसेको उक्त कार दुर्घटनामा चार जना भारतीय नागरिक घाइते भएका छन्।

दुर्घटना असार १ गते, साँझ करिब ५:३० बजे बीपी राजमार्गअन्तर्गत चौकिडाँडामा भएको हो। BR 01-DP 1000 नम्बरको भारतीय कार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गर्दा अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

👉 दुर्घटनामा घाइते हुनेहरू:

१. अजय कुमार (४६ वर्ष) – पटना, बिहार निवासी। हातमा सामान्य चोट। अवस्था सामान्य।

२. सुनिता देवी (४८ वर्ष) – निधार र कम्मरमा चोट। अवस्था मध्यम।

३. अन्जली सिंह (२० वर्ष) – शारीरिक रूपमा सकुशल।

४. धीरज कुमार (३० वर्ष) – चोटपटक नभएको।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी मेथिनकोट अस्पताल, भकुण्डे लगिएको थियो। उपचारपछि साँझ ६:४५ बजे दुबै घाइतेहरू डिस्चार्ज भएका छन्।

🚐 हायसलाई ठक्कर

ब्रेक फेल भएको भारतीय कारले त्यसअघाडि जाँदै गरेको बा ३ ख ७३२५ नम्बरको हायस गाडीलाई ठक्कर दिँदा हायसमा पनि क्षति पुगेको छ। हायस सुनसरीको रामधुली नपा–८ निवासी ४६ वर्षीय डिल्लीराम चौधरीले चलाइरहेका थिए।

👮‍♂️ प्रहरीको तत्काल प्रतिक्रिया

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी भकुण्डेबेशीबाट प्रनानी गोपाल खड्काको कमाण्डमा ३ सदस्यीय टोली घटनास्थलमा परिचालित भएको थियो। प्रहरीका अनुसार कार घटनास्थलमै रहेको र निकाल्ने प्रयास जारी रहेको छ। दुर्घटना भएको स्थान भकुण्डेबेशी प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्व पर्छ।

  • Jigyasanepal

थप