Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रेको बाँसडोलमा काम गर्ने श्रमिकको छानाबाट लडेर मृत्यु

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

काभ्रे, असार १३ गते।

काभ्रेको बनेपा नगरपालिका–१२, बाँसडोलस्थित गोरखा चाइनिज इँटाभट्टामा कार्यरत एक श्रमिकको छानाबाट लडेर गम्भीर घाइते भई उपचारका क्रममा ज्यान गएको छ।

रोल्पा जिल्ला माडी गाउँपालिका–६ स्थायी घर भई हाल सोही इँटाभट्टामा काम गर्दै आएका ४२ वर्षीय अमृत घर्तिमगर मङ्गलबार साँझ झण्डै ५:२५ बजे प्लास्टिक ओढाउँदै गर्दा छानाबाट खसेर गम्भीर घाइते भएका थिए।

घटनालगत्तै इँटाभट्टाका म्यानेजर अनिल दुवाल (मो. ९८०१२५७२२८) ले उनलाई बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्याएका थिए। तर, उपचारकै क्रममा साँझ ७:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

 अनुसन्धानमा प्रहरी परिचालन

घटनाको जानकारी पाएपछि **साँगा प्रहरी चौकीबाट प्रहरी हवल्दार बेलबहादुर श्रेष्ठ (मो. ९८५१२८५६१९)**को कमाण्डमा दुई जना प्रहरी खटिएका थिए। त्यसैगरी, इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती (मो. ९८५१२५४५३१) को नेतृत्वमा SOCO अधिकृतसहितको प्रहरी टोली अस्पतालमा खटिएको थियो।

दुर्घटनास्थल विवरण

दुर्घटना भएको स्थान साँगा प्रहरी चौकीबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ भने मृतकका आफन्तलाई खबर गरिसकिएको छ।

  • Jigyasanepal

थप