Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

रामेछाप जिप दुर्घटना अपडेट: थप एक मृतकको पहिचान, ३ जनाको विवरण अझै अज्ञात

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

रामेछाप – रामेछापमा भएको जिप दुर्घटनामा मृत्यु हुनेमध्ये थप एक जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक हिराबहादुर कार्की हुन्, तर उनको ठेगाना भने अझै खुलेको छैन।

दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि निधन भएको पुष्टि भएको छ। अन्य तीन मृतकको पहिचान अझै हुन सकेको छैन।

शुक्रबार खिम्ती–बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको जिप करिब ३०० मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

यो घटना सँगै दुर्गम क्षेत्रका असुरक्षित सडक संरचना र यात्रु सुरक्षाबारे थप चिन्ता बढेको देखिन्छ।


  • Jigyasa media

थप