Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

बेथानचोक–४ मा सिद्धेश्वर महादेव मन्दिर उद्घाटन, धार्मिक पर्यटकीय गन्तव्य

  •   ९ महिना अघि | २३ साउन २०८२, शुक्रबार

काभ्रे । बेथानचोक गाउँपालिका–४ सोली थुम्कामा निर्मित सिद्धेश्वर महादेव मन्दिर शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले मन्दिरको औपचारिक उद्घाटन गर्दै स्थानीय धर्म, संस्कृति र सम्पदाको संरक्षणमा गाउँपालिकाको निरन्तर प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १२ लाख रुपैयाँ लागतमा बनेको मन्दिरमा १ लाख १६ हजार रुपैयाँ मूल्यको चतुर्मुख शिवलिङ्ग स्थापना गरिएको छ। उक्त शिवलिङ्ग स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो।


सम्पदा संरक्षणमा सामूहिक हातेमालो आवश्यक

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले “गाउँपालिकाले बनाएका सम्पदा जोगाउन स्थानीयको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ,” भन्दै सम्पदा संरक्षण र संवर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो।

वडा नं. ३ का अध्यक्ष कुबेर ढकालले विपत्तिपछि बेथानचोक फेरि उठ्दै गएको उल्लेख गर्दै विकास–निर्माणको गति अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर तामाङले बहुजाति–बहुभाषीको बसोबास रहेको यस क्षेत्रमा मठ–मन्दिर र गुम्बाको उल्लेख्य संख्या भएकोले धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो। असोज महिनामा आएको बाढी–पहिरोले वडा नं. ४ लाई ठूलो क्षति पुर्‍याए पनि जनताले महसुस गर्ने गरी विकासका काम अघि बढाउने प्रतिबद्धता उहाँले जनाउनुभयो।

स्थानीयको उत्साहपूर्ण सहभागिता

कार्यक्रममा वडा सदस्य दिलकुमारी तामाङ, कर्ण तामाङ, चन्द्रबहादुर नगरकोटी, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिना, प्राविधिक दीपक प्रसाद हुमागाईं, दलीय प्रतिनिधि प्रेमप्रसाद श्रेष्ठ, भुवन कार्की लगायतको उपस्थिति थियो।

  • Jigyasanepal

थप