Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज राति काभ्रे सहित देशका विभिन्न भागमा हिमपात र वर्षाको सम्भावना

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काभ्रेकोसहित देशका विभिन्न भागमा हिमपात र वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मौसम प्रभावित हुने देखिन्छ।

🔹 कोसी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का हिमपात हुन सक्छ। पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

🔹 बागमती प्रदेश: पाहाडी जिल्ला काभ्रे लगायतका र केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा बदली रही मेघगर्जनसहित वर्षा हुन सक्छ।

🔹 गण्डकी प्रदेश: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र मेघगर्जनसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

🔹 लुम्बिनी प्रदेश: हिमाली क्षेत्रमा बदली रही हल्का हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

🔹 कर्णाली र सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ।

मौसमविद्हरूले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्। हिमपातका कारण चिसो बढ्ने भएकाले स्थानीयलाई न्यानो कपडा लगाउन आग्रह गरिएको छ।


  • Jigyasa media

थप