Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

चट्याङसहित वर्षाको चेतावनी : यी प्रदेशका पहाडी भेगमा सावधानी अपनाउन मौसमविद्को आग्रह

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, मङ्लबार

जिज्ञासा नेपाल, काठमाडौँ | १३ जेठ २०८२, मंगलबार

देशमा पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी छ। त्यसकै कारण आज मंगलबार पनि विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान ६ बजे जारी गरिएको बुलेटिन अनुसार, आज दिउँसो देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, पहाडी भेगका थोरै स्थान र अन्य भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ।

रातिपनि यस्तै मौसमको क्रम जारी रहनेछ। विशेषगरी मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा बदली र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। अन्य प्रदेशमा पनि एक–दुई स्थानमा मेघगर्जनसहितको हल्का वर्षा हुने सम्भावना छ।

मौसमविद्हरूको वर्गीकरण अनुसार:

  • हल्का वर्षा: १० मिलिमिटरभन्दा कम
  • मध्यम वर्षा: १० देखि ५० मिलिमिटरसम्म
  • भारी वर्षा: ५०–१०० मिलिमिटर
  • धेरै भारी वर्षा: १००–२०० मिलिमिटर
  • अति भारी वर्षा: २०० मिलिमिटरसम्मभन्दा बढी

यस्तै, 'थोरै स्थान' भन्नाले सम्बन्धित क्षेत्रको २५–३०% भागमा वर्षा हुनु, 'एक–दुई स्थान'ले २५% भन्दा कम भूभागमा मात्र वर्षा हुनु भन्ने जनाइएको छ।

सावधानी:
चट्याङ र अचानक हुने वर्षाले जनधनको क्षति हुनसक्ने भएकाले यात्रु, कृषक र पहाडी क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन मौसमविद्हरूको आग्रह छ।

  • Jigyasanepal

थप