Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौतीमा किशोरीका आवाज: महिनावारीमाथिको डर तोड्दै स्वच्छताको बहस

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, बुधबार

पनौती, जेठ १४ । ‘महिनावारीमैत्री समाजका लागि सहकार्य’ भन्ने मूल नाराका साथ पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०८२ जेठ १४ गते (२८ मे २०२५) विश्व महिनावारी स्वच्छता दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका किशोरीबीच अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो, जसले किशोरीहरूमा रहेको मौन पीडा, सामाजिक डर र महिनावारीप्रतिको गलत धारणालाई बहसको केन्द्रमा ल्यायो।


'महिनावारी हुँदा किशोरीहरूमा चुनौती' भन्ने विषयमा केन्द्रित प्रतियोगितामा पनौती नगरपालिकाका १२ वडाबाट प्रतिनिधित्व गर्दै २१ जना किशोरीहरू सहभागी भए। उनीहरूले खुलेर महिनावारी अनुभव, सामाजिक व्यवहार, स्वास्थ्य चुनौती र परिवर्तनशील समाजमा युवतीहरूको भूमिका बारे धारणा राखे। किशोरीहरूले आफ्ना व्यक्तिगत अनुभव र सुनेका पीडालाई वाक्चातुर्यमा पोख्नु उनीहरूको आत्मविश्वास र चेतनाको उदाहरण बन्यो।

पनौती–९ स्थित पुष्पाञ्जली बाल समूह सञ्जालकी रस्मिता सापकोटा प्रथम स्थानमा विजयी भइन्।
पनौती–८ सिद्धार्थ वनस्थलीकी कृषला चौरेल दोस्रो स्थानमा र
पनौती–३ कुशादेवी माविकी जस्लिन अधिकारी तेस्रो स्थानमा घोषित भए।


महिनावारी — शरीरको प्राकृतिक प्रक्रिया, तर अझैपनि धेरै किशोरीहरूका लागि लाज, डर र पीडाको पर्याय। यस्ता विषयमा अभिव्यक्ति दिनु आफैंमा ठूलो साहस हो। कार्यक्रममा सहभागी सम्पूर्ण किशोरीहरूले महिनावारीलाई सामान्य, स्वाभाविक र स्वच्छ विषयको रूपमा बुझ्नुपर्ने सन्देश दिँदै आवाज बुलन्द पारे।

पनौती नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको यो कार्यक्रम शिक्षा, स्वास्थ्य र अभिव्यक्ति– तीनै क्षेत्रको संगम बनेको सहभागीहरूले बताए। किशोरीहरूको तर्फबाट आएको आत्मबलिलो आवाजले समाजमा महिनावारीका विषयमा नकारात्मक कुराहरू तोड्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।


  • Jigyasanepal

थप