Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कोसी, वाग्मती र गण्डकीका पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना, सचेत रहन विभागको आग्रह

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं, जेठ २३ । देशका पहाडी तथा हिमाली भूभागमा आज पनि मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा र केही क्षेत्रमा हिमपात समेत हुने सम्भावना देखिएको विभागले जानकारी दिएको हो।

विभागका अनुसार कोसी प्रदेशका धेरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने देखिएको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ।

दिउँसो कोसी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ। रातिको समयमा पनि कोसी र अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।

हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनजन्य वायुको प्रभाव उल्लेख्य देखिएको विभागको भनाइ छ।

विभागले सम्भावित चट्याङ, पहिरो तथा बाढीका जोखिमबाट बच्न सचेत रहन आग्रह गरेको छ। विशेषगरी हिमाली भेगमा यात्रा गर्ने तथा कृषक, निर्माण कार्यमा संलग्नहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

  • Jigyasanepal

थप