Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

खैरो हिरोइन-ब्राउनसुगर सहित दुई जना पक्राउ

  •   १ वर्ष अघि | ३० जेष्ठ २०८२, शुक्रबार

काभ्रे ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले खैरो हिरोइन र ब्राउनसुगर सहित दुई जना लाई पक्राउ गरेको छ । मिति २०८२/०२/३० गते बिहान ६ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल न.पा.११ बाझोखेत स्थित वि.पी. राजमार्ग सडक खण्डमा विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त प्रहरी टोलीले सो सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेको मे.१ च. ३५९७ नम्बरको स्कारपियो गाडी उपर शंका लागी रोकी चेकजाँच गर्ने क्रममा जिल्ला ईलाम रोङ गा.पा. ३ बस्ने वर्ष ३२ को सुमन राई र सोही गाडीका चालक जिल्ला इलाम माई न.पा.१ आँपटारी बस्ने वर्ष २७ को तेज कुमार वराईलीलाई नियन्त्रणमा लिई शरीर खानतलासी गरेको थियो ।

निजहरु मध्ये सुमन राईको साथमा रहेको निलो झोला भित्र निलो रङको जिन्स पाईन्ट रहेको उक्त पाईन्टको अगाडीको दाहिने तर्फको खल्ती भित्र (WILD STONE) लेखिएको कागजको खोल भित्र कालो रङको प्लाष्ट्रिक भित्र लुकाईछिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ मान्यता प्राप्त तराजुबाट तत्काल प्लाष्ट्रिक हटाई तौल गर्दा नेट तौल ९ ग्राम १७० मिलि ग्राम भएको, उक्त ब्राउन सुगर र निजहरु सवार रहेको मे.१ च.३५९७ नं. को स्कार्पीयो गाडी समेत बरामद गरी निज प्रतिवादीहरुलाई ३० गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा 

  ईलाम जिल्ला रोङ गा.पा. वडा नं. ३ बस्ने वर्ष ३२ को सुमन राई, र सोही जिल्ला माई न.पा. वडा न. १ आँपटारी बस्ने वर्ष २७ को तेज कुमार वराईली छन् ।

  • Jigyasanepal

थप